बुटवलमा कुटपिटबाट एकको मृत्यु
काठमाडाैं | पुस २३, २०७९
काठमाडौं: बुटवलको बेलबासमा एक जनाको हत्या भएको छ। स्थानीय केही युवाहरूको समूहले आक्रमण गर्दा स्थानीय ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल बुटवल–१३ जितगढी नागरिक टोलका हुन्।
केही दिनयता उत्पन्न घरायसी विवादले उग्र रूप लिँदा यमप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका दुई छोराहरू दिवस र दिपेश घाइते भएका छन्।
प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा शुक्रबार साँझ यमप्रसादको घर गई ५र७ जनाको समूहले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका यमप्रसादको बेलबासस्थित एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको हो।
घरायसी विवादपछि बिहीबार दिपेशले प्रहरीमा मौखिक उजुरी दिएका र घरमै मिल्ने भनेपछि निवेदन फिर्ता गरेका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले शुक्रबार छलफल गर्ने भन्दै घरमा पुगेको ५र७ जनाको समूह एक्कासि कुटपिटमा उत्रिएपछि घटना भएको बताए।
उक्त समूहको आक्रमणबाट बेहोस भएका यमप्रसादलाई तत्काल अस्पताल पुर्याइएको थियो। लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरिएको थियो।
प्रहरी नायब उपरीक्षक थापाले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको र संलग्न अरूको खोजी भइरहेको जानकारी दिए।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

